साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ।

आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए।

खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए। समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए। यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन्। खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ। भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here