बझाङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराकी पत्नी अन्दाजी ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । विरासहित ९ जनाको परिवारका अन्य ५ जना सकुशल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here