यसरी मनाइदै छ जनै पूर्णिमा र रक्षा बन्धन (फोटो फिचर)

काठमाडौं । आज जनैपूर्णिमा पर्व देशभर मनाइदै छ । पहाडमा हिन्दु धर्मावलम्बीहरुले नयाँ जनै लगाएर जनैपूर्णिमा मनाउछन् भने तराईमा दाजु भाईलाई राखी लगाएर रक्षा बन्धा मनाउने चलन छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार तथा अन्य मन्दिरमा भक्तजनको चहलपहल छ ।

त्यस्तै जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।

सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here