बझाङ पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले यस्तो घोषणा गरेका हुन्। घरमाथिबाट पहिरो आएर ज्यान गुमाएको घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।

मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने शोक वक्तव्यमा उल्लेख गरेका छन्।

आइतबार राती घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका(१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here