नवलपुरको डण्डामा भारी वर्षा, १२ बजेसम्म विशेष सतर्कता अपनाउन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा क्षेत्रमा बिशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो ३ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्रमा भारी बर्षा भएको छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।

नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नवलपुरमा तीन घण्टा अवधिमा ८६ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here