एक वर्षमा साढे ८ अर्ब विदेशी लगानी भित्रियो, वृद्धि ६ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष ८ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई)मुलुक भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष यस्तो लगानी ६.२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष ६ अर्ब १७ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो। गएका दुई वर्ष विदेशी लगानी घटिरहेको बेला गत वर्ष भने यस्तो लगानी बढेको हो । धेरै विदेशी लगानी भित्र्याउन सरकारले तीन वटा लगानी सम्मेलन गरिसकेपनि अपेक्षित रुपमा विदेशी लगानी आउन सकेको छैन् ।

गत आर्थिक वर्षमा ७ करोड ३९ अर्ब रुपैयाँ एफडीआई बाहिरिएको थियो। नेपाल भित्रिएको एफडीआईबाट सोही अवधिमा बाहिरिएको रकम घटाउँदा खुद विदेशी लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here