नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न वा लगानी गर्न नपाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न तथा घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएकोबारे जानकारी गराएको छ ।

मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाईएको बारे जानकारी गराएको हो ।

यद्यपी नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खातामा रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको केन्द्रिय बैंकले जानकारी दिएको छ । यसरी लगानी गरेको विनिमय नेपाल फर्केको ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने समेत बताएको छ । नेपाल फर्केपछी पनि यस्तो लगानी कायम राख्न चाहेमा ३५ दिभित्र लगानी वा खाताको विस्तृत विवरण सहित बैंकमा बुझाउन पर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here