नेपालमा मनसुन सक्रिय,यी स्थानमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेकोले नेपालमा मनसुन सक्रिय भएको छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।

मंगलबारदेखि शुरु भएको मनसुनमा सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको छ ।

पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको र वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू(भागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here