पश्चिम सेती जलविद्युतको डीपीआर तयार पार्न बोलपत्र आह्वान

काठमाडौं। भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)तयार पार्न बोलपत्र आह्वान गरेको छ ।

एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरेर बोलपत्र आवह्वान गरेको हो । नेपाली कम्पनीहरुले आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ । शुरुमा चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here