नारायणघाट मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोमा ढुंगा खसेको छ ।

भरतपुर महानगरपालिका(२९ स्थित १७ किलोमा माइक्रोमा ढुंगा बजारिदा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।

उनीहलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ । काठमाडौंबाट नारायणगढतर्फ गएको बा प्र ०१\००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here