शनिबारसम्म वर्षाको सम्भावना, यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान

काठमाडौं । आगामी शनिबारसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेकोले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।

दुई दिन अघिदेखि देशभर लगातार पानी परिरहेको छ । विभागका अनुसार पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ ।

कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन् । विभागले जारी गरेको बुलेटिनमा आज दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

त्यस्तै भोली अर्थात शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here