पहिरो खस्दा अवरूद्ध नागढुंगा सडक आजपनि एकतर्फी सञ्चालनमा

काठमाडौं । पहिरो खस्दा अवरूद्ध नागढुंगा सडक आजपनि एकतर्फी सञ्चालन गरिएको छ । चन्द्रागिरि नगरपालिका-२ स्थित चेकप्वइन्टबाट टायलघरतर्फ २र३ सय मिटर पर केही साँघुरो सडकमा माथिबाट रूखसहितको पहिरो खस्दा बुधबार सडक पूर्ण अवरूद्ध थियो।

साँझसम्म एकतर्फी यातायात सञ्चालन गरिएकोमा बिहीबार बिहानसम्म एकतर्फी नै सञ्चालनमा रहेको हो । राति पनि पहिरो खसिरहेकाले पन्छाउने काम रोकिएको थियो । प्रहरी प्रभाग नागढुंगाले उनका अनुसार पहिरो पन्छाउनका लागि जेसिबी र टिपरहरू तयारी अवस्थामा राखिएको र अवस्था सामान्य रहेमा १० बजेदेखि काम शुरु गर्ने बताएको छ ।

काठमाडौं भित्रिने साना गाडीहरू र मोटरसाइकललाई धार्केबाट सितापाइला निस्कने बाटो प्रयोग गर्ने सुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here