३० वर्षे सेवा अवधिका कारण प्रहरीलाई अवकाश नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो ।

साथै सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश दिएको छ । १६ भदौमा अवाकाश हुन लागेको भन्दै २१ प्रहरी अधिकारीले सर्बोच्चमा रिट निवेदन पेस गरेका थिए ।

अदालतले यो विवादलाई १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ । ३० वर्षे सेवा अवधिका कारण आफूहरू अन्यायमा परेको भन्दै नेपाल प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here