टिकटकमाथी लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथी लगाइएको प्रतिबन्ध हट्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २७ कात्तिक देखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले टिकटकलाई प्रतिबन्ध गरेपछी प्रयोगकर्ताहरुले भीपीएन तथा ओपन डीएनएस डाउनलोड गरेर टिकटक चलाइरहेका थिए । टिकटकले सबैप्रकारका नियम मान्ने शर्तसहित प्रतिबन्ध फुकुवा गरिदिन आग्रहसहित नेपाल सरकारलाई बारम्बार पत्राचार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here