एडीबीले नेपाललाई दिने सहयोग बढाउने, सरकारको क्षमता वृद्धिलाई प्राथमिकता

`
काठमाडौं, ६ भदौ । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई दिंदै आएको सहयोग बढाउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग थप गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने पनि बताइएको छ ।

अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेको अर्थ मन्त्रालयले बताएको छ । एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

सम्बन्धित समाचारः
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह, आईसीपी र सडकमा पनि सहयोगको अपेक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here