नेपाली सेनामा २८०जना अधिकृत क्याडेटको माग

काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आवह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले २८० जना क्याडेटका लागि दखास्त मागेको हो ।

इच्छुक व्यक्तिले आश्विन ६ गतेसम्म आवेदन दिन सक्नेछ। त्यसका लागि एक हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ त्यस्तै दोब्बर दस्तुरमा आश्विन १२ गतेसम्म आवेदन दिन सकिनेछ।

निर्देशनालयका अनुसार आवेदन दिनका लागि २०८१ साल आश्विन ५ गते गते १८ वर्ष पुरा भएर २१ वर्ष ननाघेका हुनपर्छ । स्नातक गरेकाको हकमा भने २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला उम्मेदवारहरुको उमेर भने २६ वर्ष ननाघेको हुनुपर्नेछ भने सेवा अवधि पनि दुई वर्ष पूरा भएको हुनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here