तनहुँ बस दुर्घटना अपडेट, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । तनहुँको आँबुखैरेनी नजिकै ऐना पहरामा भएको बस दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेनाको एमआई १७ हेलिकप्टरमा राखेर काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा सवारमध्ये १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here