मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लाग्दा बस पल्टियो, २५ जना घाइते

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ख ४७ नम्बरको बस माथि ढुंगा खसेपछी चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन्। घाइतेहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here