भारतकी राज्यमन्त्री रक्षा खडेस घाइतेलाई भेट्न र शव लिन नेपाल आउने

काठमाडौं। तनहुँको आँबुखैरेनीमा भएको भारतीय बस दुर्घटनाका शव लिन भारतकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउने भएकी छन् ।

उनी घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि आउन लागेकी हुन्।

शुक्रबार आँबुखैरेनीको ऐना पहरामा सडकबाट भारतीय पर्यटक बोकेको बस मर्स्यांदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here