छुरा प्रहारबाट तीन जनाको मृत्यु, चारजना गम्भीर घाइते

काठमाडौं । जर्मनीको पश्चिमी शहर सोलिङ्गेनमा छुरा प्रहारबाट तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ शहरको केन्द्रमा आयोजित फेष्टिवलमा उक्त घटना भएको हो । छुरा प्रहारबाट अन्य चार जना गम्भीर घाइते भएका छन् ।

आक्रमणकारी अझै फरार रहेको र खोजी कार्य भइरहेको छ । बिल्ड वेबसाइटका अनुसार एक व्यक्तिले यात्रुलाई छुरा प्रहार गरेका थिए । अहिले एउटा ठूलो खोजी कार्य जारी छ, जहाँ पुलिसका हेलिकप्टरहरू शहरमाथि घुमिरहेका देखिन्छन्। औद्योगिक शहर स्थापना भएको ६५० वर्ष पुगेको छ ।

स्थानीय समयअनुसार २२ :०० बजे आक्रमण भएपछि प्रहरीले सुरक्षा घेरा बन्दी गरेपछि शहरका अधिकारीहरूले मानिसहरूलाई फ्रोनहोफ बजार क्षेत्र छोड्न आग्रह गरेका थिए।

घटनास्थलमा रहेका आपतकालीन कर्मचारीले घाइतेको उपचार गरिरहेको सञ्चारमाध्यमले जनाएका छन्। बिल्डका अनुसार छुरा प्रहार गर्नेको खोजीमा प्रहरीले ४० वटा ट्याक्टिकल गाडी समेत परिचालन गरेको थियो ।

हाल शहरमा सडकहरू अवरुद्ध गरिएको छ । त्यस्तै अधिकारीहरूले खोजी कार्य अवधिभरी स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here