काठमाडौं आइपुगिन भारतीय राज्यमन्त्री खड्से

काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छन् ।

उनी तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न तथा शव बुझ्न बिहान काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासले उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको जनाएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here