सिन्धुलीको कुँडुलेबाट सुनकोशीमा जिप खस्यो: एक घाइते, ३ बेपत्ता

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ। शनिबार काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको हो ।

जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको प्रहरीले जानकारी दिएको छ ।

हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म अज्ञात छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here