भारतको बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३० भन्दा बढी घाइते

काठमाडौं। बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ। दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।

ना ७ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएपछी अनियन्त्रित भएर सडकमा हो। बसमा ४३ जना सवार थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ। घाइतेहरुलाई मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here