एसईई पुरकको नतिजा सार्वजनिक, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि

काठमाडौं, १५ असोज । बुधवार राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत १ भदौदेखि ११ गतेसम्म भएको पुरक परीक्षाको परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको सुचना जारी गरेको हो ।

एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थीले ग्रेड वृद्धिको लागि परिक्षा दिएकोमा १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको बोर्डले बताएको छ ।

परिक्षामा सहभागि भएका मध्ये एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here