भुटानलाई हराउदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल

काठमाडौं । नेपालले भुटानलाई हराउदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा आफुलाई समावेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । यता भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग बुधबार फाइनल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here