फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा

क्लाउडपत्रिका
काठमाडौं, १४ फागुन
यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१ म पहिलो सानाकिसान सम्मेलन भएको थियो ।

‘सानाकिसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा देशभरका करिब १ हजार साना किसान प्रतिनिधि सहभागी हुनेछन् । विभिन्न क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद तथा नीतिनिर्माता को पनि सहभागिता रहने संस्थाले जनाएको छ ।

सम्मेलनमार्फत कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियान नै सानाकिसान विकास कार्यक्रमको लक्ष्य हो भन्ने कुरामा आम सानाकिसानलाई जानकारी दिइने अयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न १४ सत्र आयोजना हुनेछ । ती शत्रमा २८ वटा कार्यपत्र तथा अनुभव प्रस्तुत हुनेछन । यी कार्यपत्र तथा प्रस्तुतीमाथि सम्बन्धित विज्ञबाट टिप्पणी र आम सहभागिबाट प्रश्नोत्तर समेत हुनेछ । सम्मेलनको निश्कर्षमा घोषणाजारी गरिने आयोजकले बताएको छ ।

वि.सं. २०३२ देखि सञ्चालित सानाकिसान विकास कार्यक्रमले ६९ जिल्लामा करिब ९ सय सानाकिसान कृषि सहकारी संस्थाको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here