मनाङमा अत्याधुनिक होटेल सञ्चालनमा आउँदै

काठमाडौं । यती ग्रुप अन्तर्गत शेर्पा हस्पिटालिटीले मनाङमा अत्याधुनिक होटल सञ्चालनमा ल्याउने भएको छ । एसएचजीले मुस्ताङमा सञ्चालन गरिरहेको नेपालकै सबैभन्दा लक्जरी रिसोर्ट ‘सिन्तामणि मुस्ताङ’ को पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक नामग्याल शेर्पाले मनाङको होटल चाँडै सञ्चालनमा ल्याइने बताए ।

उनका अनुसार एसएचजीको माउन्टेन लजेज अफ नेपाल (एमएलएन) अन्तर्गत मनाङमा होटल सञ्चालन गर्न लागिएको हो । ‘मनाङको प्रपर्टी एमएलएनका १४ प्रिमियम लजमा जोडिने छ,’ शेर्पाले भने, ‘जसले पाहुनालाई ग्रेट हिमालयन ट्रेलसँगै पदयात्राको उत्कृष्ट अनुभव हासिल हुनेछ ।’

एमएलएनले तीन दशकदेखि नेपालका अतिदुर्गम हिमाली भेगमा पदयात्री तथा पाहुनालाई आरामदायी लज, होटल तथा रिसोर्ट उपलब्ध गराउँदै आएको छ । यसका संस्थापकहरू ल्हाक्पासोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले स्थापना गरेका थिए ।

ग्रेट हिमालयन ट्रेल र हिमाली भेगका अन्य पदयात्रा मार्ग आउने बढी पैसा खर्च गर्ने पाहुना लक्षित गरी एसएचजीले लज, रिसोर्ट तथा होटल सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शेर्पाले बताए । एसएचजीले चितवनस्थित प्रिमियम रिसोर्ट ‘कसरा चितवन’ पनि थप स्तरोन्नति गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here