रेनो सिरिजका नयाँ फोन नेपालमा लञ्च गर्ने ओपोको तयारी

काठमाडौं, १५ असोज । ओपोले नेपाली बजारमा रेनो सिरिजको नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक रेनो टू सिरिजका नयाँ मोडलहरु सार्वजनिक गर्दै छ ।

कम्पनीले भारतीय बजारमा पछिल्लो महिना रेनो टू सिरिजका फोन सार्वजनिक गरिसकेको छ । रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ छन् । तर ती मध्ये कुन कुन फोन नेपालमा लञ्च गर्ने भन्ने बारे कम्पनीले सूचना सार्वजनिक गरेको छैन ।

रेनोका नयाँ संस्करणमा ४८ एमपी क्वाड क्यामेरा सेटअप, २० एक्स डिजिटल जुम सहितको फाइभ एक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत विशेषता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here