मुग्लिन–आँबुखैरेनी सडक आज बिहानभर बन्द, बिरामीका लागि दुबैतर्फ एम्बुलेन्स

काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द गरिएको छ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

गत शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो भने १४ जना भएका छन् । सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ ।

शवलाई शनिवार भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ । आज सडक बन्द भएको समयमा बिरामी आवत जावत गर्नु परेमा भने दुबै तर्फ एम्बुलेन्स तैनाथ गरिएको छ । जसका कारण बिरामीले बीचमा पर्खनु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here