पाकिस्तानमा चरमपन्थी समुहद्धारा गोली प्रहार, २३ जनाको मृत्यु

काठमाडौं। पाकिस्तानमा २४ घण्टामा २३ जनाको हत्या भएको छ । पाकिस्तानको बदुचिस्तानमा चरमपन्थी समुहले हत्या गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाका अवरुद्ध गरेर बन्धुकधारीले बस,भ्यान र ट्रकमा रहेका मानिसहरु ओराल्दै गोली हानेको हो ।

करिव ४० जना बन्दुकधारीले सवारीमा रहेका यात्रुहरुको परिचय हेर्दै पन्जावबाट आएकालाई छान्दै बन्दुक हानेका बताइएको छ। साथै यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन्। यो घटनाको जिम्मा चरमपन्थी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएका छन्।

उनीहरुले पछिल्लो २४ घण्टामा प्रहरी चौकी,सुरक्षा बलको शिविरका साथै सरकारी कार्यालयमा समेत आक्रमण भएको छ।

यो घटनापछि कारबाहीका क्रममा १२ चरमपन्थी पनि मारिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here