आइपुगे ओमनका विदेशमन्त्री,दुई देशबीचको सम्बन्ध र श्रम कुटनीतिबारे छलफल गरिने

काठमाडौं। ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार काठमाडौं आइपुगेका छन् ।

उनी परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा काठमाडौं आएका हुन्। अल्बुसइदीलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागतगरेकी छिन् ।

मन्त्री सैयदले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीतिलगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here