त्रिभुवन विमानस्थलमा अवैध सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर छन् ।

उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए । साथै गैरेले ल्याएको सुन कुँवरले रिसिभ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here