तीव्र उतारचढाव पश्चात सामान्य बढेर बन्द बजार, कारोबारमा उच्च गिरावट

काठमाडौं । बुधबार नेप्से परिसुचक ३.८ अंक बढेको छ। बजारमा तीव्र उतारचढाव पश्चात सामान्य बढेर बन्द भएको हो । आज बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३ दशमलव ८ अंक बढेको हो।

यता आज कारोबार रकममा भने उच्च गिरावट आएको छ। अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा झरेको हो

आज कारोबारमा आएकामध्य बैंक, होटा तथा पर्यटन, हाइड्रोपावर, लगानी र उत्पादन तथा अन्य समुहको परिसुचक बढेको छ । आज बैंकिङ समूहको सूचक ० दशमलव ९२, होटल तथा पर्यटन ०।दशमलव ०९, हाइड्रोपावर ० दशमलव ४९, लगानी १ दशमलव०१, उत्पादन ० दशमलव०३, अन्य ० दशमलव ०९ प्रतिशतले बढेको हो ।

यता विकास बैंक, फाइनान्स जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समुहको परिसुचक भने क्रमशः ० दशमलव ८०, १ दशमलव६९, ० दशमलव४४, १ दशमलव ०८, ० दशमलव ९७ तथा १ दशमलव४३ प्रतिशत घटे ।

आज ९८ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने ४ को स्थिर रह्यो । बुधबार लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा माइखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा भने चन्द्रागिरि हिल्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर अगाडी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here