स्नुकर सञ्चालक राईको हत्याको आरोपमा एकजना पक्राउ

काठमाडौं। शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा २२ वर्षीय एमके कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको पाइएको छ। आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएपछी उपचारका लागिसिभिल अस्पताल लगिएको थियो। अस्पताल लगेको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here