सुनको मूल्य पुनःउच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

आज स्थनीय बजारमा सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको १८ सय ३० मा झरेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here