प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण, जनही ३ लाख प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख प्रदान गरिएको हो । त्यस्तै मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’मा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गरे। साथै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मिहिनेत गर्न आग्रह गरे।

साथै कीर्तिपुर खेल मैदानलाई पदबहालीकोतीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेकोमा त्यसको कार्यान्वयव गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, खेल पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here