प्राधिकरण टुक्राउन कानूनी आधार बन्दै, विधेयक अर्थबाट स्वीकृत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।

सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको छ । नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमासेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यस अघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीपसाद पाण्डेले मन्त्रालय सम्हाले लगतै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाएका थिए । अर्थ मन्त्रालयको सहमतिसँगै कानुन मन्त्रालयबाट सहमति पाए पछि उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा पेस हुनेछ ।

यस विषयमा मन्त्री पाण्डेले पूर्व पर्यटनमन्त्रीहरु र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि मागेका थिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालमा दुई निकायको काम एकै निकायबाट हुँदै आएको भन्दै यसलाई छुट्याउन भनिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here