प्रचण्डको अभिव्यक्तिप्रती प्रम ओलीको आपत्ती,देश बंगलादेश वा श्रीलंकाजस्तो नहुने जिकीर

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

केही दिनअघि प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् ।

‘बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने,’नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ।’ओलिले लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव नभएको समेत बताए ।

मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको बताए । साथै प्रधानमन्त्री ओलीले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् । ओलिले प्रचण्डलाई इंगित गर्दै भने ‘मैले १७ हजार मान्छे मारेकोहो र डराउन ?’ प्रधानमन्त्री ओलीले भने ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here