सिमलतालमा बस र ट्रक ठोक्कियो, चालक र सहचालक घाइते

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आइतबार बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस बिहान ठोक्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here