जापानमा ६ महिनामा ३७ हजार मानिस घरमा एक्लै मृत फेला

प्रतिकात्मक तस्विर

काठमाडौं। जापानमा पछिल्लो ६ महिनामा करिब ३७ हजार जना मानिस घरमा एक्लै मृत फेला परेका छन्। जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले यस्ते देखाएको हो । प्रतिवेदन अनुसार जापानमा ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन्। मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

प्रहरीका अनुसार करिव ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । त्यस्तै ३ हजार ३ सय ९३ जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको छ। त्यसैगरी एक सय ३० जनाको ज्यानगएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीले बताएको बीबीसीले उल्लेख गरेको हो ।

संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानको जनसंख्याको सबैभन्दा बढी बृद्ध छन् । जापानमा बृद्धबृद्धाहरु घरमा एक्लै बस्ने हुँदा एक्लोपनका कारण यस्तो समस्या देखिएको बताइएको छ। सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ। अहिले त्यो संख्या बढेको अनुमान गरिएको छ ।

जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान् गरेको छ ।

यो सङ्ख्या सन् २०३३ मा ४४ प्रतिशत भन्दा धेरै हुने अनुमान् छ । सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औषतमा दुई जना भन्दा कम हुने अनुमान् छ । विवाह नगर्ने यसको मुख्य कारण कारण रहेको देखिन्छ । जन्मदरमा आएको गिरावट दोश्रो मूख्य कारक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here