चट्याङ लागेर चितवनमा एक महिलाको मृत्यु

काठमाडौं । आइतबार चट्याङ लागेर चितवनको माडीमा एक महिलाको मृत्यु भएको छ ।

माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो । महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको थियो ।

त्यस्तै जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन्। तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here