नेप्से परिसुचक २७ सयमुनि, १० अर्ब ५१ करोडमा खुम्चियो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसुचक नेप्से २७ सयमुनि झरेको छ। अघिल्लो कारोबारको तुलनामा नेप्से ५३ दशमलव ६३ अंक घटेको हो। आज सेयर बजार २६९५ दशमलव ९३ अंकमा झरेर बजार बन्द भएको नेप्सेले जानकारी दिएको छ।

आज कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चिएको हो।
आज ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो ।

बैंकिङ २ दशमलव ३४, विकास बैंक १ दशमलव ८५, फाइनान्स ३ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ९८, हाइड्रोपावर २ दशमलव ४०, लगानी १ दशमलव ३३, जीवन बीमा १ दशमलव४४, उत्पादन तथा प्रशोधन १ दशमलव ८०, माइक्रोफाइनान्स १ दशमलव ८८, निर्जीवन बीमा १ दशमलव २३, अन्य १ दशमलव ०४ र व्यापार समूह ० दशमलव१९ प्रतिशतले घटेको छ।

आज सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ८दशमलव ३, सामलिङ पावरको ५ दशमलव ८ र अपरहेवाखोलाको ५ दशमलव २ प्रतिशतले बढेको छ।

यता पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here