मनोहरामा हाम फालेर किशोरी बेपत्ता

काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो।

आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी गर्न २३ जनाको टोली परिचालन गरिएको छ।

नम्बर २१ दक्षिणकाली गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जना र नम्बर २० विपद् उद्धार गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली खटाइएको डिएसपी थापाले जानकारी दिए।

सोमबार किशोरी हामफालेकी पुलमुनीबाट उनको मोबाइल र कागजपत्र भेटिएको थियो। सोही आधारमा किशोरी रूकुम मुसिकोट घर भई बालकुमारीमा डेरा गरी बस्दै आएकी २० वर्षीया अन्जली शर्मा रहेको खुलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here