अगस्टमा मात्र भित्रिए ७२ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा मात्रै नेपालमा ७२ हजार ७१९ पर्यटक आएका छन् । पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन्। जुन गत बर्षको सोहि अवधिको तुलनामा करिव ९ हजारले बढी हो । अघिल्लो वर्ष सन् २०२३० को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए।

यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक आएका थिए। नेपाल भित्रनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका पर्यटन बोर्डको तथ्यांक छ । भारतबाट २५ हजार ८३२ पर्यटक यो एक महिनामा आएको देखिन्छ।

त्यस्तै,दोश्रोमा चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४,श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन्।

तथ्यांक अनुसार ८महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए।

त्यस्तै, जुन महिनामा ७६ हजार ७३६, जुलाई महिनामा ६४ हजार ५९९ र अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here