एनसेलको लाइसेन्स पाँच बर्षका लागि नवीकरण

काठमाडौं। सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ। सरकारले आइतबार सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।

गत बिहीबारबसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो। त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

एनसेलको लाइसेन्सको म्याद आइतबार १६ भदौमा सकिएको थियो । एनसेलले ५ अर्ब बुझाएर ५ वर्षका लागि नवीकरण लाइसेन्स गरेको जनाएको छ ।

बाँकी रकम एनसेलले प्रत्येक वर्ष ५\५ अर्बका दरले बुझाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here