दीपक मनाङेले दिए मन्त्री पदबाट राजिनामा

काठमाडौं । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा दिएका छन् । उनको राजिनामा स्वीकृत समेत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए । मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।

मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । मनाङेले भने कमजोर मन्त्रालय दिएको र बजेट तथा अधिकार नै नभएको भन्दै असन्ष्टी जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here