काठमाडौँका यी स्थानमा आज दिनभर विद्युत अवरुद्ध

काठमाडौं। आज काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहानेदेखि देखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रका अनुसार अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज अनामनगर पुर्वीगेट देखि हनुमान स्थान, सिंहदरबार दक्षिणगेट, न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here