यूनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुनेगरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ। उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।

प्रबन्धक पदबाट राजीनामा दिएपनि भण्डारी कम्पनीको सञ्चालक भने रहिरहने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here