ब्रोकरको आन्दोलनप्रति बोर्डको ध्यानाकर्षण

क्लाउडपत्रिका
काठमाडौं १४, फागुन । सेयर ब्रोकरको आन्दोलनप्रति धितोपत्र बोर्डले आपत्ति जनाएको छ । बोडले मंगलबार विज्ञप्ति जारी गरेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारद्घारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार वोर्ड वजारको सुधार गर्ने क्रममा रहेको समयमा एक्कासी धितोपत्र दलाल व्यवसायीले आन्दोलन गर्ने भन्ने जानकारी प्राप्त भएकाले गंभिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

देशमा आएको राजनैतिक स्थायित्वसंगै र्आिर्थक विकासको लागि आर्थिक साधन परिचालनमा धितोपत्र वजारको महत्वलाई दृष्टिगत गरी वजार सहभागीको सहयोगमा पूँजीवजारका विविध पक्षहरुको सुधार र बिकास भइरहकोे बोर्डले बताएको छ । वोर्डलाई थप स्वायत्तता प्रदान गरी यसको काम कारवाहीलाई थप प्रभावकारी वनाउन नेपाल सरकारले धितोपत्र सम्वन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि वढाइसकेको बोर्डले जनाएको छ ।

धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था भएको, ब्रोकरलाई पनि वित्तीय मध्यस्थकारी संस्थाको मान्यता दिएको, मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिइएकोमा सो कार्यान्वयनमा आउन लागेको बोर्डले बताएको छ । ‘काठमाण्डौ उपत्यका वाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि वढाईएको छ ।’

यस परिप्रेक्ष्यमा व्यवसायीले गर्नेे आन्दोलनले प्रत्यक्षरुपमा लगानीकर्तालाई असुविधा भई वजारमा प्रतिकूल प्रभाव पार्ने बोर्डले जनाएको छ । यसकारण संयमित भई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी वजारको विकास र विस्तारमा सहयोग गर्न बोर्डले ब्रोकरलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here