सहकारी सम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप गरिएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो सो बैठकले समितिको अवधि ३ महिना तोकेको थियो जुन २२ भदौमा समय सकिंदै छ ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताए। तर काम तीव्र गतिमा गर्दैगर्दा पनि समय सकिनलाग्दा धेरै काम बाँकी रहने बताए ।

सहकारी बचतकर्ताको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको भन्दै थप समय मागको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here